नक्कली नोटसहित दुई पक्राउ

0
Shares

न्युज अफ नेपाल, झापा ।

बिर्तामोड नगरपालिका ५ मित्रनगरबाट नेपाली १ हजार दरको २ थान नक्कली नोट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका ५ बस्ने ३४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका ४ बस्ने २५ वर्षीय किरण खवास रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।