कालीगण्डकी नदीमा पानी जहाज सञ्चालन

0
Shares

नेपाल समाचारपत्र, पर्वत

नेपालमा नै व्यवसायीक रुपमा जलयात्रा सञ्चालन हुँदै आएको कालीगण्डकी जलबिद्युत आयोजनाको जलासयमा पानी जहाज मोडलको क्रुज सिप सञ्चालनमा आएको छ ।

पर्वत,गुल्मी र स्याङजाको संगम स्थलमा रहेको आयोजनाको जलासयमा नेपाल भ्रमण बर्ष २०२० लाइ लक्षित गरि क्रुज सिप सञ्चालन गरिएको हो ।

स्याङ्गजाको मिर्मी देखि पर्वतको सेतीबेणी सम्म बनेको जलयात्राको लम्बाई ७ किलोमिटर रहेको छ । २५ लाखको लागतमा ईटहरीमा निर्माण गरिएको क्रुज सिप (माउण्ट मकालु पानीजहाज) शालिग्राम कालीगण्डकी जलयातायात (पानी जहाज) कम्पनी प्रा.लि.ले सञ्चालनमा ल्याएको हो ।

कालिगण्डकी गाउँपालिका वडा नं. ७ मिर्मीबाट शुरु भएको जलयात्रा विश्व प्रख्यात तथा प्रसिद्ध पर्यटकीय स्थल शिला शालिग्राम भएको स्थान सेतीवेणी सम्म पुगिन्छ । विश्वकै ठुलो शालिग्राम दर्शन गर्न आउने पर्यटकहरुले जलयात्रा गरी मनोरञ्जन प्राप्त गर्न सक्नेछन् । सेतीवेणीबाट मिर्मी सम्मको जलयात्रा गर्ने तथा शिला शालिग्राम दर्शनका लागि मिर्मी बाट जलयात्रा गर्ने पर्यटकहरु अब १० मिनेटमै पुग्ने कम्पनीका सञ्चालक चित्रबहादुर रानाले जानकारी दिनुभयो ।

छ महिना अगाडि नेपाल सरकारबाट मकालु पानीजहाज सञ्चालनका लागि अनुमति पाएको यस कम्पनीले अहिले २० सिटको क्रुजबाट यात्रा शुरु गराएता पनि तिन महिनाभित्र १२० ‘सिटर स्मल क्रुज’ सञ्चालन गरिने उहाँले बताउनुभयो । यहाँ यस अघि देखिनै ईन्जिन र काठ बाट बनेको ५० देखि १ सय जना मानिसहरु सम्म बोक्न सक्ने क्षमताका १० वटा स्टिम्बर सञ्चालनमा छन् । कालीगण्डकीमा सञ्चालन गरिएको क्रुज सिपले आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण थप्ने उहाँको बिश्वास छ ।

क्रुज सिपको हालै गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वतावरण मन्त्री विकास लम्सालले उद्घाटन गर्नुभएको छ । उद्घाटन गर्दै मन्त्री लम्सालले नेपालमा जल पर्यटनबाट आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्न सकिने बताउनुभयो । भ्रमणवर्ष २०२० लक्षित गरी सञ्चालनमा ल्याइएको क्रुजसिपले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री लम्सालले कालीगण्डकी प्राकृतिक, साहसिक तथा धार्मीक पर्यटकीय हिसावले महत्वपूर्ण रहेको चर्चा गर्दै

देवघाट,रानीमहल,सेतीवेणी,मोदीवेणी हुदै मुक्तीनाथ सम्मको धार्मीक पर्यटकीय स्थललाई एउटा प्याकेजका रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।]