जीडी गोयन्का विश्वविद्यालयको क्षेत्रीय कार्यालय काठमाडौंमा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

भारतको प्रसिद्ध विश्वविद्यालय जीडी गोयन्का विश्वविद्यालयले नेपालमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।

अल्टिमेट कन्सलटेन्सी एन्ड एड्भाइजरी नेटवर्क (यूक्यान) सँगको संयुक्त लगानीमा क्षेत्रीय कार्यालय स्थापना गरेको युक्यानका सञ्चालक निरन्जन पन्तले जानकारी दिए ।

आइतबार पुतलिसडकपस्थित यूक्यानको कार्यालयमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष विष्णुहरि पाण्डे र विश्वविद्यालयका प्रबन्ध निर्देशक निपुन गोयन्काले संयुक्तरुपमा उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै गोयन्काले उच्च शिक्षाका लागि विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुलाई स्वागत गर्न आतुर रहेको भन्दै गुणस्तरीय शिक्षाका लागि विश्वविद्यालयमा आउन आग्रह गरे ।

अन्तराष्टियस्तरको शिक्षा लिन चाहने विद्यार्थीलाई सेवा दिने लक्ष्यसहित युक्यानले गोयन्का विश्वविद्यालयसँग सहकार्य गरेको पन्तले जानकारी दिए । भारतमा गइ विश्वविद्यालयको शिक्षा लिन चाहने विद्यार्थीका लागि जीडी गोयन्का विश्वविद्यालय सुहाउँदो शुल्कमा गुणस्तरीय शिक्षाका लागि उपयुक्त भएको पन्तको भनाइ छ ।

कार्यक्रममा बोल्दै इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले पनि जिडी गोयन्का विश्वविद्यालय निकै राम्रो भएको भन्दै नेपाली विद्यार्थीलाई ढुक्क भइ विश्वविद्यालयमा अध्ययन गर्न आग्रह गरे । उनले आफूले पनि विश्वविद्यालयमा पुगी प्रत्यक्ष अवलोकन गरेको भन्दै त्यहाँको शिक्षण पद्धति र होस्टेलको सुविधाबाट निकै प्रभावित भएको बताए ।

उच्च शिक्षाका लागि भारत नेपाली विद्यार्थीहरुका लागि लामो समयदेखि गन्तव्य रहेको र भाषा तथा सस्कृतिले नेपाली विद्यार्थीका लागि सहज गन्तव्य भएकाले प्रत्येक वर्ष हजारौंको संख्यामा भारत जाने गरेका छन् । भारत जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिन र उनीहरुलाई जेन्युन करिअर काउन्सिलिड क्षेत्रीय कार्यालयबाट हुनेछ ।

भारतको राजधानी नयाँ दिल्ली एनसीआरमा अवस्थित विश्वविद्यालयसँग भारत भरीमा ११ वटा स्कुल सञ्चालनमा छन् भने विश्वविद्यालयमा २६० वटा शैक्षिक कार्याक्रम सञ्चालनमा छन् ।

सन् २०१२ देखि शैक्षिक परामर्श व्यवसायमा सक्रिय पन्त स्टडी इन यूकेका लागि पायोनियर मानिन्छन् ।पन्तले जिडी गोयन्का विश्वविद्यालय आफैमा ब्राण्ड भएको भन्दै यूक्यानबाट काउन्सिलिड लिएर भारत अध्ययन गर्न जाने विद्यार्थीले छात्रवृत्तिको समेत पाउने जानकारी दिए ।

विश्वविद्यालयका इन्टरनेशल एडमिसन एन्ड मार्केटिड निर्देशक डा अजित कुमार नेडुंगाडीले विश्वविद्यालयको शिक्षा पद्धति अत्याधुनिक हुनुका साथै विश्वविद्यालयमा विद्यार्थीका लागि अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै ध्यान दिएको बताए ।

विश्वविद्यालयमा होस्टेलको सुविधा पनि रहेको र होस्टेल भारतमा सबैभन्दा राम्रो र सुविधा सम्पन्न भएको समेत उनले बताए ।

विश्वविद्यालयमा आर्किटेक्चर एन्ड प्लानिड, कम्युनिकेशन, एजुकेशन, इन्जिनियरिड, फेसन एन्ड डिजाइन, हस्पिटालिटी, ह्युमनिटिजन एन्ड सोसल साइन्स, कानून, म्यानेजमेन्ट एन्ड मेडिकललगायतका कोर्स अध्यापन हुँदै आएको छ ।