पुस २२ गते निर्यात दिवस मनाइदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

नेपाल निर्यात परिषदको २२ औँ बार्षिक साधारण सभा तथा चौँथो निर्यात दिवस षौष २२ गते हुने भएको छ ।

नेपाल हस्तकला महासंघको सह–आयोजनामा हुन लागेको कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल निर्यात परिषदका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालको निर्यात बजारलाई गुणस्तमुखी बनाउन काम गर्दै आएको सस्थांले बैँकहरुको चर्को ब्याज कारण विदेशिहरु सँग प्रतिस्पर्धा गर्न नसकिएको जनाएको छ । नेपालको निर्यात बजारमा खासै सुधार आउन नसकेको भन्दै नेपालको बजारमा बढिमा ८ देखि दश प्रतिशत सम्म ब्याज भए निर्यात फस्टाउन सक्ने जनाएको छ । एक प्रतिशत मात्रै नेपालको कच्च पर्दाथले धानेको र बाकी सबै आयात गर्नु परेको हुदा पनि नेपालको समानले अन्तराष्ट्रिय बजार पाउन नसकेको सस्थाको ठहर छ ।

नेपालको ब्यापार घाटा कम गर्न निर्यात अपरिहार्य रहको भन्दै सँसारका कुनैपनि देश आर्थिक समृद्धि हुनको लागि निर्यात प्रमुख कारण रहेको हुँदा नेपाल सरकारले पनि निर्यातमा प्रमुख जोड दिनुपर्ने सँस्थाको जोड छ । बार्षिक साधारण सभा चौँथो निर्यात दिवस कार्यक्रमको बारेमा जनाकारी दिन आइतबार गरिएको एक कार्यक्रममा सस्थाका अध्यक्ष श्रेष्ठले यस्तो धारणा राख्नु भएको हो ।