चप्पल लगाएर सवारीसाधन चलाए कार्वाही

0
Shares

न्युुज अफ नेपाल, काठमाडौं ।

अबदेखि सवारी चालकले जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन पाउने भएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा सञ्चालित यात्रुबहाक बसका चालकहरुसँग महानगरीय ट्राफिक प्रहरी महाशाखले गरेको छलफल कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो । कार्यक्रममा सवारी चालक र यात्रुको सुरक्षालाई मध्य नजर गर्दै १९ बुँदे प्रतिबद्धता व्यक्त भएको छ । सो प्रतिबद्धतामा उल्लेख भए अनुसार चालकले यात्रुसँग अनावश्यक कुराकानि गर्न पाउने छैनन् ।

यस्तै, प्रतिबद्धता पत्रमा सवारी चलाएका बेलामा फोनमा कुराकानि गर्ने, यात्रुसँग झैझगडा गर्ने, तोकिएको भन्दा बढि भाडा असुल्ने जस्ता विभिन्न कुराहरु नगर्न उल्लेख गरिएको छ ।

प्रतिबद्धता पालना भए वा नभएको भन्ने विषयमा अनुगमनका लागि प्रहरी उपरीक्षक (एसपी) राजकुमार वैदवारको नेतृत्वमा यातायात व्यवसायी, मजदुर, कम्पनीरप्रा।लि।का प्रतिनिधिसहित ८ सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।