न्युज अफ नेपाल, भक्तपुर ।
रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका ९ निलबाराही बस्ने सुरेश श्रेष्ठको निलबाराही रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ७ बस्ने ३७ वर्षीय उमेश लगायत १४ जनालाई ६ लाख ८४ हजार १ सय २० नेपाली रुपैयाँ, ७ हजार ६ सय ६० भारतीय रुपैयाँ र ४ बुक ताससहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया