न्युज अफ नेपाल, रुपन्देही ।
तिलोत्तमा नगरपालिका ३ जानकीनगरबाट अवैध लागूऔषध चरेशसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी रेसुङगा नगरपालिका ८ बस्ने २७ वर्षीय संजय राउत र सोही ठाउँ बस्ने ३२ वर्षीय पदम थापा रहेका छन् ।
करिब १५ किलो अवैध लागूऔषध चरेशसहित उनीहरुलाई आइतबार दिउँसो ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया