आत्महत्या दुरुत्साहनमा ३ वर्ष कैद

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

आत्महत्या दुरुत्साहनमा एक युवालाई जिल्ला अदालत मकवानपुरले तीन वर्ष कैद सुनाएको छ । न्यायाधीश सीता शर्माअधिकारीको इजलासले हेटौंडा–१६ का २४ वर्षीय राजकुमार रुम्बालाई कैद फैसला सुनाएको हो ।

रुम्बा भीमफेदी कारागारमा छन् । अदालतमा दर्ता भएका आत्महत्या दुरुत्साहनबारेको ४ मुद्धामा फैसला भएको यो पहिलो मुद्धा हो । पत्नी रजनीले आत्महत्या गर्ने परिस्थिति खडा गरेको ठहर गर्दै उनलाई आत्महत्या दुरुत्साहनमा सजाय तोकिएको हो ।

रजनीले जेठ १५ गते झुण्डिएर आत्महत्या गरेकी थिइन् ।