न्युज अफ नेपाल, हेटौंडा ।
किशोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवालाई १३ वर्ष कैद फैसला गरेको छ ।
न्यायाधीश सीता शर्माअधिकारीको इजलासले हेटौंडा–५ का २८ वर्षीय बालकृष्ण तिमल्सिनालाई उक्त सजाय तोकेको हो । उनले जेठ २८ गते १४ वर्षकी किशोरीलाई बलात्कार गरेका थिए । अदालतले पीडितलाई राज्यकोषबाट ३५ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश गरिएको स्रेस्तेदार केशवराज कौशिकले बताउनुभयो ।











प्रतिक्रिया