न्युज अफ नेपाल, काठमाडौं ।
वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निरला न्याय परिषद्को सदस्यमा निर्विरोध अनुमोदन हुनु भएको छ । संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिले उहाँ आइतबार सो पदका लागि अनुमोदन हुनुभएको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा महान्यायाधीवक्ता रहनु भएका उहाँलाई पुुस ३ गते परिषदमा सरकारका प्रतिनिधिका रुपमा सिफारिस गरिएको थियो ।
बिसं २०२२ सालदेखि न्याय क्षेत्रमा कार्यरत रहनु भएका उहाँ २०६२ पुस ११ गतेदेखि २०६३ वैशाख ५ गतेसम्म ४ महिना महान्यायाधिवक्ता हुनु भएको थियो ।
संसदीय सुनुवाइका क्रममा निरालाले न्याय परिषद्मा आफ्नो जिम्मेवारी इमानदारीका साथ पूरा गर्ने बताउनु भयो । समितिमा सांसदहरुले उहाँलाई केही प्रश्न समेत गरेका थिए । उहाँ बिरुद्द समितिमा एउटा पनि उजुरी नपरेपछि उहाँ निर्विरोध हुनु भएको हो ।











प्रतिक्रिया