प्रदेश ५ मा तीन सदस्यका लागि ९ जनाको उम्मेदवारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रियसभा सदस्य अन्तर्गत प्रदेश ५ मा निर्वाचितहुने तीन सदस्यका लागि आज नौ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश ५ बाट तीन पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली कांग्रेस, समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाको गरि ९ जनाको उमेद्वारी दर्ता भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट दाङका जगप्रसाद शर्मा, रुपन्देहीबाट गोपाल भटराई र कपिलबस्तुबाट विमला घिमिरेले राष्ट्रियसभा सदस्य पदका लागि उमेद्वारी दर्ता गराउनुभएको छ ।

नेपाली कांग्रेसबाट दाङकी गिरिजादेबी न्यौपाने, अर्घाखाँचीका बालकृष्ण पाण्डे र बाँकेका मेराजअहमद हलवाईले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।

त्यसैगरी, समाजबादी पार्टीका तर्फबाट बाँकेबाट सुनिल सिंघल र बर्दियाका कृष्णप्रसाद यादबले उमेद्वारी दर्ता गराउनुभयो । राष्ट्रिय जनमोर्चाका तर्फबाट कपिलबस्तुका शिब पौडेलले उमेद्वारी दर्ता गराउनुभएको छ ।

प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्य रहेका रोल्पाका राजकुमार कुँवर र मिना बुढा तथा रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ बर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो । कुँवर र बुढा नेकपा तथा उपाध्यक्ष कांग्रेसको तर्फबाट निर्वाचित हुनुहुन्थ्यो ।
यो प्रदेशमा कूल ३०५ जना मतदाता रहेका छन् । प्रदेशसभा सदस्य ८७ र स्थानीय तहका प्रमुख/उपप्रमखु र अध्यक्ष/उपाध्यक्ष २१८ जना रहेका छन् । हरेक प्रदेश सदस्यको ४८ र स्थानीय तहका प्रमुख.उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको १८ मतभार हुने ब्यवस्था छ ।
प्रदेश नम्बर ५ मा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी नेकपाका १२८ मतदाता छन्, जसको मतभार २३०४ हुनेछ ।

त्यस्तै प्रदेशसभा सदस्यमा नेकपाका ६१ मतदाता छन्, जसको मतभार २९२८ हुनेछ । दुबैतर्फ गरी नेकपाको कूल मतभार ५२३२ हुनेछ । त्यस्तै नेपाली कांग्रेसको स्थानीय तहमा ६८ मतदाता छन्, जसको मतभार १२२४ हुनेछ भने प्रदेशसभातर्फ १९ मतदाता रहेका छन्, जसको मतभार ९१२ हुनेछ । यसरी यो प्रदेशमा कांग्रेसको कूल मतभार २१३६ हुने छ । समाजवादी पार्टीको स्थानीय तहका १२ मतदाता छन्, जसको मतभार २१६ र प्रदेशसभाका ४ मतदाताको १९२ गरी कूल ४०८ मतभार हुने छ । यसरी हेर्दा कुनै मतदाताले दायाँबायाँ नगरेको अवस्थामा राष्ट्रियसभा सदस्य निर्वाचनमा कूल मतभार ८१०० मध्ये मा प्रदेश ५ मा नेकपाले ५२३२, कांग्रेसले २१३६ र समाजवादीले ४०८ मतभार प्राप्त गर्नेछन् ।

यसरी प्रमुख दलको मतभार ७७७६ हुनेछ भने ३२४ मतभार राजमो, राजपालगायतको हुनेछ । राष्ट्रियसभा सदस्य निर्वाचन एकल संक्रमणीय प्रणालीबाटै हुने संवैधानिक ब्यवस्था भए पनि हरेक एक पद ९जस्तोः महिला, अन्य, अपांगता/अल्पसंख्यक०का लागि मात्रै प्रतिष्पर्धा हुने हुँदा पहिलो हुनेले नै यसमा जित्ने छ, यसमा बाँकी रहेको मत अर्को दललाई संक्रमण हुने यसअघिको प्रणाली ब्यवहारतः लागु हुने छैन । त्यसैले यो प्रदेशबाट नेकपाको तर्फबाट उम्मेदवारी दिएका जगप्रसाद शर्मा ‘अपार’, गोपाल भट्टराइ र बिमला घिमिरेको सहज जीत देखिएको छ ।