न्युज अफ नेपाल, ललितपुर ।
सातदोबाटोस्थित सरिबा गर्ल्स होष्टेलमा बस्ने एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा बीरगंज घर भएकी १९ वर्षीया जोनित चौहान रहेको प्रहरीले जनाएको छ ।
चौहानको शनिबार दिउँसो नुहाउने क्रममा वेहोस भएर मृत्यु भएको हो । होष्टेलको बाथरुममा गिजरमा नुहाउने क्रममा अचानक बेहोश भएपछि तत्काल पाटन अस्पताल लगिएको चौहानको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस विष्यमा आवश्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया