विद्यार्थी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु, २० घाइते

0
Shares

न्युज अफ नेपाल, रुकुम ।

त्रिवेणी गाउँपालिका दलुगैराखोलामा ट्र्याक्टर दुर्घटना हुँदा १ विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् ।

गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलेर फर्किरहेका विद्यार्थी बोकेको लु ३ त ९०९५ नम्बरको ट्याक्टर शनिबार बेलुका दुर्घटना हुँदा एक विद्यार्थीको ज्यान गएको छ ।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका ५ मा रहेको विद्या विकास माविमा कक्षा ८ मा अध्ययनरत १७ वर्षीय छात्र दलबहादुर विक रहेका छन् । दुर्घटनाका घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई नेपालगञ्ज रिफर गरिएको छ ।

ट्र्याक्टर सडकभन्दा झण्डै २५ मिटर तल खसेको थियो । दुर्घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।