२१ किलो अवैध लागूऔषध गाँजासहित दुई पक्राउ

0
Shares

न्युज अफ नेपाल, मकवानपुर ।

हेटौडा उपमहानगरपालिका १९ नेवारपानीस्थित पूर्व-पश्चिम राजमार्गबाट करिब २१ किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बीआर०६ बीजी ९५१२ नम्बरको भारतीय नम्बरको कारबाट ५ वटा पोकामा ल्याउँदै गरेको उक्त लागूऔषध गाँजा र कार सहित चालक धनुषा मुखियारपट्टी गाउँपालिका ६ मुसहरनिया बस्ने ४२ वर्षीय अशोक कुमार यादवसमेत २ जनालाई फेला पारी नियन्त्रणमा लिएको हो ।

यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाउको छ ।