न्युज अफ नेपाल, पर्सा ।
बीरगंज महानगरपालिका ८ बसपार्कस्थित होटल साह प्याराडाईजबाट नक्कली भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही महानगरपालिका १६ नगवा बस्ने २९ वर्षीय रियाज देवान रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनको साथबाट २ हजार दरका ३ थान नोट गरी ६ हजार नक्कली भारतीय रुपैयाँ सहित उनलाई नियन्त्रणमा लिएको हो ।
यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया