कुख्यात अपराधी साइला पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

धादिङ्गको उत्तरी भेगमा विभिन्न हत्या, डकैती तथा लुटपाट मच्चाई सर्वसाधारणमा त्रास फैलाई रहेका एक कुख्यात अपराधीलाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेमा साइला भन्ने दुर्गा बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

आफ्नो सही पहिचान बदली कास्कीको चुम्राङ्ग भन्ने ठाउँमा लुकिछिपी बसिरहेको अवस्थामा अनुसन्धान ब्यूरो महाराजगंजबाट खटेको बिशेष टोलिले तामाङलाई शुक्रबार कास्की पोखरा महानगरपालिका २५ खुट्टेगौंडाबाट पक्राउ गरेको हो । फरार रहेका तामाङ दुई फरक फरक ज्यान सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी हुन् ।

भगवान थापाले दिएको जाहेरी अनुसार धादिङ्ग जिल्ला अदालतबाट तामाङलाई ५ वर्ष कैद सजाय सुनाइएके थियो । उनले गत कार्तीक १० गते धादिङ्ग दार्खा १ पातले भिरमा ज्शिव थापाको हत्या गरेका थिए । यस्तै, तामाङले मंसिर १९ गते धादिङ्ग दार्खा १ रातमाटेमा धारिलो हतियार प्रहार गरी भिषण सिंखडाको अत्या गरेका थिए । सो घटनापछि तामाङ फरार रहेका थिए ।

तामाङलाई आवश्यक कानूनी कारवाहीको लागि शनिबार जिल्ला प्रहरी कार्यालय धादिङ्गमा बुझाईएको छ।