कृषी बिकास बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न एक पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमडौँ ।

कृषी बिकास बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ्ग, रंगेली नगरपालिका २ का ४३ वर्षीय दिपक नेपाल रहेका छन् ।

पक्राउ परेका नेपालले नाईजेरियन र भारतिय नागरिकहरुसंगको मिलेमतोमा लामो समयदेखि भारतको मुम्बई साथै नेपालमा बसी नेपालका बैंक तथा वित्तिय संस्थाहरूबाट रू ५ अर्व भन्दा बढी रकम ह्याक गरेका थिए । उनले विभिन्न नेपाली नागरिकहरूलाई प्रयोग गरी कृषि विकास बैंकको रकम ह्याक गरी एक करोड रकमसहित फरार भउका थिए ।

पक्राउ परेका नेपाललाई कारवाहीका लागि काठमाण्डौ जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।