सत्य, धर्म र समृद्धिको संबाहक शक्ति राप्रपा: कमल थापा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्य, धर्म र समृद्धिको संबाहक शक्ति राप्रपा भएको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको तीन नम्बर प्रदेश स्तरीय भेलालाई आज सम्बोधन गर्दै थापाले धर्म,संस्कृतीको पक्षमा रहेको जनमतलाई शक्तिमा रुपान्तरण गर्ने गरि काम गर्न निर्देशन दिए ।

जनता मालिक भएर निर्णय गर्ने समयमा मात्र सत्य र धर्मको जित हुने चर्चा गर्दै थापाले सत्य र धर्मको जितको अवस्थामा राप्रपाको भबिष्य उज्वल हुने र त्यो अबस्थामा राप्रपाको प्रगती र बिजय यात्रालाई कसैले रोक्न नसक्ने दाबी गरे । धर्मको नाश भएपछि समाजमा ब्यभिचार बढ्ने भन्दै उनले महिलामाथिको दमन, शोषण र हिंसाको बिरोधमा शसक्त भएर देखिने गरि उभिन संगठनलाई आग्रह गरे ।

निर्मला पन्तको बलात्कार पछिको हत्या जस्ता जघन्य घटना देशब्यापी रुपमा बढ्दै जानू तर सरकारले न्यायको प्रत्याभुती दिन नसक्नु लज्जाको बिषय भएको बिचार ब्यक्त गरे । सबै धर्मका बिचमा समानता र धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र, चुनाबी राजनिती भन्दा माथि उठेको राजसंस्था तथा स्वायत्त शासनमा आधारित सुदृढ स्थानिय निकायको जगमा मात्र नेपाललाई बलियो मुलुक बनाउन सकिने थापाको धारणा थियो ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता दिपक बोहरा, प्रदेश ३ अध्यक्ष बिक्रम बहादुर थापा, संगठनकि अध्यक्ष कुन्ती शाही, महिला नेतृहरु बिन्दु पहाडी, निना भेटवाल, सुनिता कुरुङ्वाङ,नानू नगरकोटी,प्रदेश सांसद रिता माझी लगायत बोलेका थिए । भेलाले नानू नगरकोटी अध्यक्षतामा १५ सदस्यीय ३ नम्बर प्रदेश महिला कमिटी गठन गरेको छ ।