न्युज अफ नेपाल, काठमाडौँ ।
काठमाडौंबाट सदरमुकाम धुन्चे तर्फ जाँदै गरेको प्रदेश ३ १००५ ख ९४६५ नम्बरको बस शनिबार दिउँसो दुर्घटना भएको छ । बसमा ९ जना यात्रु सवार थिए ।
दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
बस सडकबाट एक सय मिटर तल खसेको छ ।











प्रतिक्रिया