तुरुन्त इराक छाड्न अमेरिकी नागरिकलाई सरकारको आग्रह

0
Shares

एजेन्सी। अमेरिकाले एयर स्ट्राइकमा इरानी सैन्य प्रमुख जनरल कासिम सुलेमानीलाई मारेपछि हालत बिग्रिँदै गएको छ ।

अमेरिकाले इराक–इरान सीमा नजिकै बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा यो आक्रमण गरेको थियो ।

अब बगदादस्थित अमेरिकी दूतावासले आफ्ना सबै नागरिकलाई तुरुन्त इराक छाड्न भनेको छ । अर्कोतर्फ इरानी राष्ट्रपति हसन रुहानीले ट्वीट गरेर अमेरिकालाई बदला लिने चेतावनी दिएका छन् ।

बगदादस्थित अमेरिकी दूतावासले शुक्रबार दिउँसो एक प्रेस रिलिज जारी गरेको छ ।

यसमा इराकमा रहेका सबै अमेरिकीलाई फिर्ता जान भनिएको छ । प्रेस रिलिजमा सबै अमेरिकी नागरिकलाई अमेरिका फर्कन वा कुनै अन्य देश जान तर इराक छोड्न भनिएको छ ।

अमेरिकाले आफ्ना नागरिकलाई इराकमा नआउन, इराकस्थित अमेरिकी दूतावासमा नजान र हरेक सानो ठूलो समाचारमा ध्यान दिन भनेको छ ।