न्युज अफ नेपाल, काठमाडौं ।
ठमेल क्षेत्रका गुण्डा राते भनिने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी घर भई हाल काठमाडौं महानपालिका नयाँ बजार १६ बस्ने सुजन श्रेष्ठ बिहिबार पक्राउ परेको प्रहरीले जनाएको छ ।
श्रेष्ठले गत वर्ष एलओडी क्लब अगाडि ज्यान मार्ने उद्देश्यले विष्णु कठायतको टाउकोमा रड प्रहार गरेको भन्ने उजुरीका आधारमा महानगरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत लैनचौर पठाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया