न्युज अफ नेपाल, काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमान गेटबाट भन्सार छलि लुकाइछिपाई ल्याएको अर्धठोस सुन १ किलो ६ ग्राम सहित २ जना भारतीय नागरिकलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतीय नागरिकहरू राहदानी नम्बर आर ५०७०३२२ वाहक ३९ वर्षीय मोहम्म्द कासिफ र राहदानी नम्बर जे८६१९१८३ वाहक ४० वर्षीय मोद मुस्राफिन रहेका छन् ।
नेपाल एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौ आएका कासिफलाई भन्सार छलि लुकाइछिपाई ल्याएको अर्धठोस सुन ७ सय ३८ ग्राम र इनडिगो एयरको उडानद्वारा भारतको दिल्लीबाट काठमाडौं आएका मुस्राफिन लाई अर्धठोस सुन २ सय ६८ ग्रामसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
बरामद उक्त सुनसहित उनीहरुलाई सहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।











प्रतिक्रिया