न्युज अफ नेपाल, बाजुरा ।
बाजुराको हिमाली गाउँपालिका–७ मा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । चारजनाको घटनास्थलमै मृत्यु भएको थियो भने बेपत्ता एक जनाको शव फेला परेको छ ।
यस्तै, ज्यान गुमाउने मध्ये दुई जनाको सनाखत भएको प्रहरीले जनाएको छ । सनाखत हुनेहरुमा हिमाली गाउँपालिका ७ का पवन भण्डारी र जगन्नाथ गाउँपालिका ५ का रमेश शाही रहेका छन् । बाँकी तीनजनाको भने अझै सनाखत हुन बाँकी छ ।
दुर्घटनामा परी घाइते भएका चारजनालाई थप उपचारका लागी काठमाडौं लैजान सुर्खेतबाट हेलिकोप्टर मगाइएको प्रहरीले जनायो ।











प्रतिक्रिया