नेताका हात मोलेर, कुरा गरेर, दवाव दिने युगको अन्त्य भएको छ : मन्त्री बास्कोटा

0
Shares

न्युज अफ नेपाल, धनगढी ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रेसलाई मर्यादित र आलोचनात्मक चेत भएको क्षमतासहितको सबल प्रेस बनाउनका निम्ति लागि परेको बताएका छन् ।

बिहीबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको भवन उदघाटन गर्दै बास्कोटाले भने, ‘म चुप्पी बोकेर पत्रकारिता सिध्याउन हिँडेको छैन । बरु नेताहरु कार्यकर्ता सिध्याउन हिँड्छन् त्यसरी कहिलेकाहीँ ।’ बास्कोटाले भने, स्पष्ट हुनुहोस्। हाम्रो प्रेसलाई मर्यादित, आलोचनात्मक चेत भएको क्षमतासहितको सबल प्रेस बनाउनका निम्ति लागेको हुँ।

पत्रकारहरु आफ्नो व्यावसायिक धर्मप्रति प्रतिवद्ध भए नेपाली प्रेस स्वतन्त्र हुने बताउदै उनले भने, ‘भन्यो भने बढ्ता हुन्छ, तर कलम चलाउनुपर्ने पत्रकार कहिलेकाहीँ तरबार नै चलाउनु हुन्छ । तरबारभन्दा शक्तिशाली त कलम नै छ । उल्टो सुल्टो दुईटै चलाएपछि त गाह्रो पर्छ ।’

यस्तै, मन्त्री बास्कोटाले आफ्नो स्रोतमा निर्भर हुन मिडिलाई आग्रह गर्दै भने, आफ्नो व्यवसायप्रति जिम्मेवार हुनुपर्‍यो । अब मन्त्री नेताका हात मोलेर, कुरा गरेर, दवाव दिने युगको अन्त्य भएको छ ।