ब्यूरोको प्रहरी हौं भन्दै धम्क्याउने २ पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

‘हामी ब्यूरोको प्रहरी हौं’ भन्दै धम्क्याउँदै हिँडेको अवस्थमा २ जनालाई कागेश्वरी नगरपालिका ७ मुलपानी थापागाउँबाट बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका घर भई हाल भक्तपुर कमलविनायक बस्ने २६ वर्षीय सुमित श्रेष्ठ र सोही स्थान च्यामासिङ बस्ने २९ वर्षीय राज कुमार नेपाल रहेका छन् ।

महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई बा ८५ प ६२७४ नम्बरको मोटरसाइकल, पकेट पर्स ४ थान, मोवाईल ४ थान, चाँदीको सिक्री १ थान र नगद २१ हजार ९ सय ३५ रुपैयाँसहित फेला पारी नियन्त्रणमा लिएको हो ।

यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।