नेपाली खाद्य सामाग्री चिनियाँ भाषामा हुनुपर्ने भन्दै निर्यात ठप्प

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

अन्तराष्ट्रिय नाका रसुवागढी हुँदै चिनको केरुङ पुग्ने नेपाली खाद्य सामाग्रीको चिनियाँ भाषामा हुनुपर्ने भन्दै खाद्य सामाग्री निर्यातमा ठप्प भएको छ ।

रसुवागढी भन्सार कार्यालयका अनुसार भन्सार प्रमुख पुण्य विक्रम खडकाका अनुसार साउन अघि सम्म चिउरा, दाल, विस्कुट, चाउचाउ लगाएतका सामाग्री निर्यात भइरहेको थिए भने साउन पछि नेपाली खाद्य सामाग्रीको निर्यात रोकिएको छ ।

भन्सार प्रमुख खड्का भन्नु हुन्छ चिनको तिब्बतमा रहेका गुम्बामा नेपाली घ्यु र दालको माग उच्च रहि आएको छ । चिनियाँ भाषामा मात्र लेबलिङ गरिएको खाद्य सामाग्री नेपाली पक्षले फिर्ता गर्न थालेपछि चिनियाँ पक्षले समेत त्यही सर्त राखेको हो । चिनियाँ पक्षले रोकेपछि विकल्पमा भारतबाट सामाग्री जान थालेको व्यापारीहरु बताउछन् ।