सरस्वती न्यौपाने, रसुवा ।
रसुवामा अखिल नेपाल किसान महासंघ जिल्ला कमिटि गठन भएको छ । स्थानिय निकायमा संयोजक र सह- संयोजकहरु जिल्ला कमिटिमा रहने गरि गठन भई जिल्ला संयोजकमा चुडामनि पौडेल रहनुभएको छ ।
पुष १५ गते कालिकास्थानमा भएको भेलाबाट १५ सदस्यि कमिटि गठन गरि कालिका गाउँपालिका संयोजक अणु प्रसाद, अर्याल सह -संयोजक भवानी संकर देवकोटा, उत्तरगया गा.पा.को संयोजक महेश्वर लामिछाने, सह-संयोजकमा चुप प्रसाद न्यौपाने, नौकुण्ड गा.पा.को संयोजक खिल नाथ पौडेल, सह-संयोजक न्योसिङे लामा, गोसाइकुण्ड गा.पा. संयोजक सोनाम ग्याल्बो घले, सह-संयोजक दोर्जे तामाङ र आमाछोदिङमो गा.पा. संयोजक दावा नुर्पु तामाङ सह-संयोजक संगम लामा चयन हुनु भएको छ ।
यस्तै प्रदेश नं.३ संयोजक राम प्रसाद दाहालले सफत ग्रहण गराउनु भएको हो । नुवाकोटका महासंघ संयोजक यमकुमार खाती, रसुवा कम्युनिस्ट पार्टी नेकपाका माधव प्रसाद लामिछाने, भवानी प्रसाद न्यौपाने, अर्जुन देवकोटा, सावित्री पुडासैनी लगाएतका नेताहरुको उपस्थिति रहेको थियाे ।











प्रतिक्रिया