सरुवा भइसकेपछि पनि एसपी मल्ल चितवनमै, १२ घण्टाभित्र रमाना हुन निर्देशन

0
Shares

न्युज अफ नेपाल चीतवन ।

सरुवा भएको ठाउँमा हाजिर हुन नगएपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको छ । चितवनका प्रहरी प्रमुख मल्ललाई गत साता प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो । मल्लले रमाना नलिएपछि चितवनको प्रहरी प्रमुखमा सरुवा भएकी एसपी गंगा पन्तले जिम्मेवारी सम्हाल्न पाएकी छैनन् ।

प्रदेश प्रहरी कार्यालयले बुधवार साँझ लिखित पत्रमार्फत त्यहाँ कार्यरत डिएसपीलाई चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको दरवन्दीमा रवाना गरी सोको जानकारी दिन भनेको छ । यो पत्रअनुसार उनले आजै साँझसम्म त्रिभवुन विमानस्थल सुरक्षा कार्यालयमा हाजिर भइसक्नुपर्नेछ ।

यही पुस ४ गते मल्लको सरुवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा भएको थियो । सोही दिन उनीसहित २४ एसपीको सरुवा भएकोमा मल्ल भने अहिलेसम्म चितवनमै छन् ।