फोनबाट धम्काउँदै ३ लाख फिरौती माग्ने दुई पक्राउ

0
Shares

न्युज अफ नेपल, काठमाडौैँ ।

दाङबाट प्रहरीले फोनबाट धम्काउँदै फिरौती मागेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा परिवर्तन गाउँपालिका ५ राङकोट बस्ने बर्ष ३४ का राजकुमार दमाई र सोही जिल्ला रून्टिगढी गाउँपालिका ४ मसिना बस्ने वर्ष ३२ का नरेश चन्द ठकुरी रहेका छन् ।

उनीहरुले दाङ घोराही उप-महानगरपालिका १५ बि.पी.चोक बस्ने बर्ष ४८ का पिडितलाई एक हप्ता पहिला देखी धम्काई १३ लाख मागेका थिए । बारम्बार फिरौती माग गरेपछि पिडितले बुधबार प्रहरीलाई जनाकारी गराएका थिए । फिरौतीको रकम दिने बताउदै पिडितले नक्कली पैसाको गड्डी फिराैती वापत दिदै गरेको अवस्थामा जिल्ला प्रहरी दाङबाट खटेको टोलीले राजकुमार दमाईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दमाईको साथबाट कटुवा पेस्तोल थान १ ऐ.मा लाग्ने गोली थान १ र निजले प्रयोग गरेको मो.सा. थान १ फेला परेको प्रहरीले जनाएको छ । अनुसन्धान गर्ने क्रममा दमाईलाई नरेश चन्द ठकुरीले फिरौती रकम लिन पठाएको खुलेको छ ।

प्रहरीले अर्का आरोपी ठकुरीलाई तत्काल पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।