भ्रमण वर्ष २०२० शुभारम्भ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन दशरथ रंगशालामा सुरु भएको छ । कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ । उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा पाँच देशका पर्यटनमन्त्री, १८ देशबाट ३५ जना विदेशी सञ्चारमाध्यका प्रतिनिधिलगायत सहभागी भएका छन् । यस्तै, कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति तथा नेपाली कलाकारको सांगीतिक प्रस्तुति रहेको छ ।