उखुको भुक्तानी नदिने उद्योगीलाई खोजी गर्न प्रहरीलाई गृहको आदेश

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

गृह मन्त्रालयले किसानलाई उखुको रकम भुक्तानी नदिने उखु उद्योगीलाई खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जिम्मा लगाउन आग्रह गरेको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी किसानलाई भुक्तानी नदिने उद्योगीलाई तत्काल सम्पर्कमा ल्याउन सहयोग गर्न पत्राचार गरेको प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

गृहले अन्नपूर्ण सुगर इन्ड्रस्ट्रिज र इन्दिरा सुगर मिल्सका सञ्चालक राकेश अग्रवाललाई खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पर्क गराइदिन प्रहरीलाई पत्राचार गरेको हो ।

उद्योगीहरुले उखु खरिद गरेको भुक्तानी नदिएको भन्दै किसानहरु काठमाडौंको माइतीघरमा दैनिक प्रदर्शन गरिरहेका छन् ।

पत्रमा उखुको भुक्तानी के कति लिनु दिनु बाँकी छ भन्ने विषयमा समेत छलफल गर्नुपर्ने भएकाले उपस्थित गराइदिन भनिएको छ ।