सशस्त्रका घुमुवा ५ हजार घुस रकमसहित रङ्गेहात पक्राउ

0
Shares

न्यज अफ नेपाल, विराटनगर ।

विराटनगर महानगरपालिका ११ बाट सशस्त्र प्रहरीका घुमुवा घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा सशस्त्र प्रहरी जवान सचितनारायण विश्वास रहेका छन् ।

विश्वासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले ५ हजार ५ सय रुपैयाँ घुससहित सोमबार दिउँसो पक्राउ गरेको हो । उनले भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै व्यापारीसँग लिएको घुससहित पक्राउ गरिएको टोलीले जनाएको छ ।

पक्राउ परेका विश्वासमाथि अनुसन्धान सुरु गरिएको छ ।