दुई दिनदेखि हराइरहेका युवक इनारभित्र मृत भेटिए

0
Shares

न्युज अफ नेपाल, चितवन । 

चितवनमा हालै सम्पन्न जेसिसको महाधिवेशनमा सहभागी भएका एक युवक इनारभित्र मृत अवस्थामा फेला परेका छन् । मृत्यु
हुनेमा काभ्रे घर भएका कृष्णकुमार मानन्धर रहेको प्रहरीले जनाएको छ ।

मानन्धर जेसिसको ४६ औं महाधिवेशनमा सहभागी हुन काभ्रेबाट आएका थिए । पुस ११ गते देखि हराइरहेका मानन्धर काभ्रे जेसिजका कार्यकारिणी उपाध्यक्ष थिए ।

मानन्धरको शव रत्ननगर नगरपालिकाको वडा नम्बर ९ मा रहेको एक इनारमा आइतबार बेलुका फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।