बहुमतको आधारमा महाधिवेशनको मिति घोषणा गर्नु त्रुटिपूर्ण : शेखर कोइराला

0
Shares

सरोज यादव, विराटननगर ।

नेपाली कांग्रेस केन्द्रिय सदस्य डाक्टर शेखर कोइरालाले बहुमतको आधारमा महाधिवेशनको मिति घोषणा गर्नु त्रुटिपुर्ण रहेको भन्दै त्यसलाई सच्याएर सहमतिको आधारमा महाधिवेशनको मिति घोषणा हुुनुपर्ने बताउनु भएको छ । प्रेस युनियन मोरङले विराटनगरमा आज विहान गरेको पत्रकार सम्मेलनमा उहाले एकलौटी रुपमा कांग्रेसको महाधिवेशन मिति घोषणा गरेर पार्टी सभापती अघि वढन खोजेको आरोप लगाउनुभयो ।

नेता कोइरालाले महाधिवेशको मीति लम्व्याउने भन्दापनि सवैको सहमतीमा आगामी मंसिरमा महाधिवेशन हुनुपर्ने बताउदै सभापतिले सहमती कायम गर्नुपर्ने वताउनुभयो । कार्यतालिका परिवर्तन गरेर सभापतीले महाधिवेशनका लागी उपयुक्त वातावरण वनाउनुपर्नेमा उहाले जोड दिनुभयो । उहाले नेपाली कांग्रेसको इतिहासमा वहुमतको आधारमा महाधिवेशनको मिति घोषणा कहिले नभएको भन्दै यस्तो अवस्थामा घोषित मितिमा महाधिवेशन हुने सम्भावना न्युन रहेको बताउनुभयो ।

नेता कोइरालाले पार्टीलाई एक ढिक्का नवनाएसम्म आफुले राजनितिक विश्राम नलिने बताउनुभयो । एक प्रश्नमा उहाले सरकारी जग्गा यति होल्डरलाई एकलौटि रुपमा दिनु संस्थागत भ्रष्टाचार भएको आरोप लगाउनुभयो । उहाले सरकार जग्गा लिजमा दिदा पारदर्शी रुपमा टेन्डर आव्हान गरेर दिनुपर्ने उहाको भनाई थियो । उहाले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।

मुलुकमा भ्रष्टाचार महगि वढेको भन्दै जनतालाई केन्द्रविन्दुमा राखेर सुशासन कायमगर्ने तर्फ सरकारको ध्यान जानु आवश्यक रहेको उहाको भनाई थियो । उँहाले राजधानी र प्रदेशको नामाकंनका विषयमा प्रदेश सरकाले गर्नुपर्ने निर्णय नेकपा र सरकारले गर्नुले पनि वर्तमान सरकार एकलौटी साशन व्यवस्थमा जान खोजेको प्रष्ट भएको बताउनु भयो । हरेक विषयमा राष्ट्रपतिले राजनितिक सक्रियता वढाउनु उपयुक्त नभएको उहाको भनाई थियो । उँहाले राष्ट्रपति भनेको संवैधानिक भएकाले राष्ट्रपतिले आफनो गरिमामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।