अज्ञात समूहद्वारा दुई वडा कार्यालयमा आगजनी

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्वीनवलपरासीको कावासोती नगरपालिका १४ र कपिलवस्तुस्थित यशोधरा गाउँपालिका ३ मा गएराति अज्ञात समूहले आगजनी गरेको छ ।

कावासोती नगरपालिका १४ को वडा कार्यालयमा रहेका फर्निचर, पर्दा र अन्य सामग्री आगोले जलेको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानका अनुसार झ्यालमा रहेको सानो प्लावबाट मोबिल छर्केर आगजनी गरेको देखिएको छ ।

यस्तै, कपिलवस्तुस्थित यशोधरा गाउँपालिका ३ को वडा कार्यालयमा भने सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । कार्यालयमा रहेको कागजातहरू, वडाध्यक्ष सहितको सात वटा कुर्सी, ३५ हजार नगद, कम्प्युटर, प्रिन्टरलगायत अन्य सबै सामाग्री जलेको प्रहरीले जनाउको छ ।

यी दुई कार्यालयमा कस्ले र कि आगजनी गरेको भन्ने खुलेको छैन । घटनाका बारेमा थप अनुसन्धान भयरहेको प्रहरीले जनाएको छ ।