बलिउडका तीन चर्चित सेलिब्रेटिविरुद्ध मुद्दा

0
Shares

एजेन्सी । बलिउडका तीन चर्चित सेलिब्रेटिविरुद्ध पन्जाब प्रहरीमा मुद्दा परेको छ । चर्चित कमेडियन कलाकार भारती सिंह, अभिनेत्री रबीना टंडन र निर्देशक तथा कोरियोग्राफर फराह खान विरुद्ध धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा मुद्धा दर्ता भएको छ ।

पन्जाब अजनाला सहर इसाई फ्रन्टका निवासी तथा फ्रन्टका अध्यक्ष सोनू जफरले तीनजना विरुद्ध मुद्धा दर्ता गराएका छन् । उनले तीनैजना सेलिब्रेटीले हालेलुया भन्ने शब्द खिल्ली उडाउदै उच्चारण गरेको आरोप लगाएका छन् । इसाई धर्ममा चोट पुगेको छ । इसाई धर्ममा परमेश्वरको लागि प्रयोग हुने शब्द टेलिभिजन कार्यक्रममा मजाकका रुपमा प्रयोग गरेको बताउदै जफरले उनीहरु विरुद्ध मुद्दा दर्ता गराएको बताएका छन् ।

यस विषयमा अभिनेत्री रबीना टंडनले भने आफूहरुले कुनै पनि धर्मको मजाक नउडाएको बताएकी छन् । सबै धर्मलाई मान गर्ने बताउदै रविनाले भुलवस आफूहरुबाट त्यस्तो कार्य भएको भए हुदयदेखि माफी मागेको बताइन् ।