वैद्य समूहका नेता गजुरेल पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् । सीमा अतिक्रमणको विरोधमा माइतीघरमा गरिएको विरोध प्रदर्शनमा उत्रिएका गजुरेललाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो ।

उक्त समूह माइतीघरबाट प्रदर्शन गर्दै संसद भवन नयाँ बानेश्वर पुगेको थियो । प्रहरीले उनीहरु जबरजस्ती अघि बढेपछि धरपकड गर्नुपरेको बताएको छ ।

गजुरेलसँगै वैद्य माओवादीका अरु कार्यकर्ता पनि पक्राउ परेका छन् ।