ऐजेन्सी । अमेरिकाको न्यूयोर्कमा रहेको यहुदीहरूका धर्मगुरुको घरमा शनिबार राति भएको छुरा प्रहारमा पाँचजना घाइते भएका छन् । घाइतेलाई अस्पताल पुर्याइएको स्रोतले जनाएको छ । हमलामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति र हमलाको उद्धेश्य भने अझै खुलिसकेको छैन ।
न्यूयोर्क प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ । यस्तै, न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिटिया जेम्सले यस्तो खालको घृणा फैलाउने काममा शून्य सहनसिलता अपनाइने जनाएकी छन् ।
एकजना घाइतेलाई छ पटक छुरा प्रहार गरिएको छ ।











प्रतिक्रिया