विपन्न परिवारमा बिजुली जडान

0
Shares

अमृत अर्याल, स्याङ्जा ।

स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ९ साङ्लियामा रहेको एक विपन्न परिवारलाई गल्याङ नगरपालिकाले विद्युत जडान गरिदिएको छ ।

स्थानीय मनमाया दमाईको घरमा पुुुुुुुुुुुुुुुुुुुगेर नगरपालिका उपप्रमुख देविसरा थापामगरको नेतृत्वमा विद्युत जडान गरिएको हो । आर्थिक रुपमा विपन्न भएका स्थानीय भिमबहादुर दमाईको करीब तीन महिना अगाडी निधन भएपछि परिवारको अवस्था दयनीय हुदै आएको थियो । दमाईको निधन भएको सातौं दिनमा घरमा पुगेर नगरपालिकाको तर्फबाट राहत हस्तान्तरण गरिएको थियो । सो अवसरमा नगरपालिका उपप्रमुख देविसरा थापाले गरेको प्रतिबद्वता अनुुसार विद्युत जडान गरिएको हो । आर्थिक कमजोर भएकै कारण बिजुली जडान गर्न नसकेका दमाई परिवार टुकीको साहारामा बस्दै आएका थिए ।

बुटवल पावर कम्पनीका प्राविधिकलाइ लिएर नगर उपप्रमुख थापा, वडा नम्बर ११ का वडा सदस्य गोपाल भण्डारी, स्थानीय अमरबहादुर विक तथा परशुराम अर्याल दमाईको घरमा पुुगेर विद्युत जडान भएको नगरपालिकाले जनाएको छ । विद्युुुुुुुुुुुुुुुुुुुुुत जडानले आफुहरुलाई निकै राहत मिलेको मुकेश परियारले बताउनुभयो । अब घरमा बाटो पुुुुुुुुुुुुुुुर्‍याउन र खानेपानीको व्यवस्थाका लागि पनि सहयोग गर्न नगरपालिका सगँ परियारले आग्रह गर्नुभयो ।

‘देवलडाँडा बुटे दमाई’ को नामबाट परिचित भिमबहादुर दमाईले साङ्लीया र आसपासका क्षेत्रमा हलो, जुवा सहितका कृषि औजार निर्माण गर्ने र जोत्ने काम गर्दै परिवार पाल्दै आउनुभएको थियो । भिमबहादुरको मृत्यु सगै परिवार आर्थिक सवालमा निकै कमजोर बन्दै आएपछि नगरपालिकाले सहयोग गर्दै आएको छ । नगर उपप्रमुुुुुुुख थापाले आवश्यक सहयोगमा नगरपालिकाले व्यवस्थापन गर्ने प्रतिबद्वता जनाउनुभयो ।