न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेको छ । विद्यार्थीको मागलाई वेवास्ता गरेको भन्दै उनीहरुले उपकलपतिको कार्यकक्ष तोडफोड गरेका छन् ।
यस्तै, गलत मान्छेलाई त्रिविको रजिस्ट्रार नियुक्त गरेकोका कारण आफूहरुले सो कदम उठाउनुपरेको उनीहरुले बताए । विश्वविद्यालय भित्रै प्रहरी चौकी राखेर विद्यार्थीहरुलाई तर्साउन खोजेको उनीहरुको आरोप छ ।
आफ्ना माग सम्बोधन नगरे अझैँ कडा रुपमा प्रस्तुत हुने नेविसंघले जनाएको छ ।











प्रतिक्रिया