खाध्य संस्थानको गोदामै कुहियो चामल, भेटियो धुलो र किरा (फोटोफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा अखाध्य वस्तु फेला परेको छ। आइतबार उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित सम्बन्ध समिति, खाध्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रुपमा अनुगमन गर्दा अखाध्य वस्तु फेला परेको हो। संसदीय समितिका सभापति विमल श्रीवास्तव नेतृत्वमा भएको अनुगमनको क्रममा ४८७ क्वीटल चामल खान अयोग्य भेटिएको छ।

सरकारी संस्थानका गोदाममा नै उपभोग्य सामाग्रीमा मूल्यसूची नराखेको, लेबल, उत्पादन मिति नभएको, म्याद गुज्रेको भेटिएको छ। अनुगमन टोलीले दाल,गेडागुडी, फापर चामललगाएतका उपभोग्य सामानका बोरा तथा प्याकेजिङमा लेबल नराखी बिक्री गरेको, मूल्यसूची नराखेको पाइएपछि तत्काल कानूनी व्यवस्थाअनुसार गर्न निर्देशन दिएको छ। अनुगमन टोलीले सबै उत्पादनको नमूना संकलनसमेत गरेको छ।

फोटोफिचर