न्युज अफ नेपाल, सल्यान ।
दार्मा गाउँपालिका २ सिलिङगी बस्ने ईन्द्र बहादुर रोक्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय पुर्ण बहादुर राना लगायत ९ जनालाई नगद १ लाख १६ हजार १ सय ५ रुपैयाँ र १ बुक तास सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया