पर्यटकीय आर्कषणको केन्द्र नागथलि, एक पटक जानै पर्ने ठाउँ

282
Shares

सरस्वती न्यौपाने, रसुवा ।

गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ थुमनबाट करिब २ घण्टाको उकालो चढपछि पुगिने नागथलि चारैतिर हिमालै —हिमाल देखिने मनमोहक ठाउँ रहेको छ ।

स्वर्गको एक ठाउँ नागथलि लाई लिन सकिन्छ ।भुकम्प अघि दुई वटा होटल सञ्चालन थिए भने अहिले ५ —६ वटा व्यवस्थित होटल बनिसकेका छन् ।त्यस ठाउँमा पुगिसकेपछि चारै तिर हिमाल ,गुराँस वन ,कटुस र विभिन्न प्रजातीका सल्लाको बाक्लो जङगल देख्न सकिन्छ र मरे पछि स्वर्ग पुगिन्छ भन्ने उखान त्यहाँ पुगेपछि ज्युदैमा स्वर्ग देखिने नागथलि नागको आकार मा रहेको छ ।

थुमनबासीले सामुहिक रुपमा वर्षेनी नागथलि गुम्बामा पुजा समेत गर्छन जनविश्वास अनुसार उहिले गुरु रिम्पोक्ष यस भेगमा तपस्या गर्न आएका थिए भने त्यस बेला गुरु रिम्पोक्ष आफैले एउटा गुम्बा बनाए त्यो गुम्बा नागथलि बाट उत्तर पश्चिमको कुनामा रहेको छ ।

आन्तरिक तथा वाह्य पर्यटक को मन लोभ्याउने नागथलि साथै थुमनपनि हो । यस गाउँको मुख्य उद्देश्यभ भनेको आफ्नो परम्परा ,साँस्कृति जोगाई यस गाउँको जनजिवन एवम विभिन्न स्थान धार्मिक ,सामाजिक ,साँस्कृतिक, ऐतिहासिक र पुरातात्वीक स्थान हरु धेरै रहेका छन् ।३ हजार एक सय ६५ मिटरको उचाईमा रहेको नागथलि भिजिट नेपालको उत्कृष्ट गन्तव्य पनि हो ।

गाउँ लागाएत नागथलिमा जङगलि जनावर गोठाला धेरै आउने ठाउँ भएकाले गुरु रिम्पोक्षले तपस्या गरेर मन्त्र द्धारा यो ठाउँमा पानीको मुल निकालेको विश्वास रहेको छ ।जिन्दगी मा एक पटक पुग्नै पर्ने ठाउँ नागथलि पुगेपछि त्यहा पुगेपछि फर्केर आउन मन लाग्दैन र त्यहा का रमणिय वातावरणको क्यामरामा कैद गरेर ल्याउने गर्दछन् ।

यस ठाउँमा आफ्नो परम्परा जोगाउदै पर्यटकलाई आर्कषण गर्दै रोजगारी प्रवद्र्धन गर्न लागिसकेका छन् ।थुमन गाउँको एउटा आफ्नै तामाङ धार्मिक तथा साँस्कृतिक परम्परा बोकेको ठाउँ हो ।