धादिङका पदक विजेता खेलाडीलाई सम्मान

0
Shares

न्युज अफ नेपाल, धादिङ । 

१३ औँ दक्षिण एसियाली खेदकुद (साग) विजेता धादिङ जिल्लाका खेलाडीलाई आज धादिङबेसीमा एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।

स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ, सोनी गुरुङ, संजिला तिमल्सीना, रजत पदक विजेता गणेश प्रधान, आषिश दुवाडी, लक्ष्मण मल्ल र काश्य पदक विजेता पवन श्रेष्ठ, दिपक अधिकारी हरि रिमाललाई नगद ५ हजार र सम्मान पत्र प्रदान गरिएको हो । खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले सम्मान गर्नुभएको थियो । जिल्लामा धेरै खेलाडी प्रतिभा भेटिएको तर कभर्ड हल सानो भएकोले यसको विकासमा सहयोग गर्ने बचनवद्धता व्यक्त गर्नुभयो ।

विजेता खेलाडी सहित धादिङको पुछारबजारबाट सुरु भउको र्याली कभर्डहलमा पुगेको थियो । सम्मान कार्यक्रमलाई प्रदेश साम्सद डा रामकुमार अधिकारी, नेकपा जिल्ला अध्यक्ष नेत्रराज पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

यसैगरि सिद्धलेक गाउपालिकाले स्वर्ण पदक विजेता सोनि गुरुङलाई एक लाख नगद सहित सममान गरेको छ ।