प्रहरीलाई घुस दिन खोज्ने महिला पक्राउ

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा–७ स्थित इलाका प्रहरी कार्यालय जीतपुरअगाडि सडकखण्डमा प्रहरीलाई घुस दिन खोज्ने महिला पक्राउ परेकी छन् ।

प्रनानि सागरसम्शेर जबराको कमाण्डमा खटिएको टोलीले महिलालाई पक्राउ गरेको हो । बीरगञ्जबाट पथलैया हँुदै हेटौंडातर्फ आउने यात्रुबाहक बस चेक गर्ने क्रममा बीरगञ्ज–२ बस्ने वर्ष ३५ की अम्बिया खातुनलाई पक्राउ गरिएको बाराका प्रहरी प्रमुख विकासराज खनालले बताउनुभयो ।

बसमा भन्सार छलेर ल्याइएको अबस्थामा कुर्तासुरुवाल २३ पिस, थानका कपडा ७ पिस, साडी २५ पिस र सल २ पिस बरामद गर्दा कामलाई सहज गरी दिन र कपडालाई छाडीदिन प्रहरीलाई प्रलोभनमा पार्ने हिसाबले उनले २८ हजार घुस दिन खोजेकी थिइन् ।

उक्त पैसा र कपडासमेत बरामद गरी घुस दिन खोज्ने खातुनलाई नियन्त्रणमा लिएर २८ हजार नगद र महिलालाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयमा ल्याइएको खनालले बताउनुभयो । बरामद कपडा बीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।