न्युज अफ नेपाल, काठमाडौँ ।
कीर्तिपुरको पांगा दोबाटोमा भेटिएको शंकास्पद वस्तु ‘ह्याण्ड ग्रेनेड’ बम भएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ साढे पाँच बजेको समयमा भेटिएको उक्त बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
प्लास्टिकमा बेरिएको अवस्थामा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बम कसले राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया