आजबाट महानगर क्षेत्रको होडिङबोर्ड हटाउन शुरु

0
Shares

 ईश्वरराज ढकाल, काठमाडौं । 

बाह्य बिज्ञापनका लागि शहरका राखिएका होर्डिङ् बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखन लगायत सहरी दृश्य प्रदुषण हुने प्रचार सामाग्री हटाउने कामलाई महानगरले तीब्रता दिएको छ । यसै क्रममा शुक्रबार तीनकुने स्थित वागमती किनार, माइतीघर र विष्णुमतीको होडिङबोर्ड हटाइएको छ ।

बबरमहल, तीनकुने र कालीमाटी ,बागबजार,पुतलीसडक , सुन्धारा , त्रिपुरेश्वर लगाएक एक दर्जन भन्दब बढी स्थानमा करिब ६० वटा ठुला होडिङबोर्ड रहेको कामपाको भनाई छ । कामपा नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटाले करिब दुई साताभित्र राजधानीका सबै होडिङबोर्ड हटाइसक्ने जानकारी दिनुभयो । भन्नुभयो– हामी बिगतदेखि नै यस प्रकारका बोर्डको नियमन गर्दै थियौं, आजबाट हटाउन शुरु गरेका छौ । कामपाले नेपाल पर्यटन बर्ष २०२० लाई लक्षित गरेर अहिले नियमन कार्यलाई तीब्रता दिएको हो ।

गृहमन्त्री सहितको बिहीबार बसेको बैठकले शहरी सौन्दर्यताम गम्भीर असर परेको भन्दै तत्काल होडिङबोर्ड हटाउन निर्देशन दिएको थियो ।
लगत्तै आज बिहानदेखि ती होडिङ बोर्ड हटाउन शुरु गरेको हो । महानगरले २०७० सालमा जारी गरेको बिज्ञापन सामाग्री नियमन गर्ने कार्यबिधिलाई पूर्ण कार्यान्वयन गर्ने योजना अनुसा् गरिरहेको कामका बारेमा जानकारी दिँदै भन्नुभयो — भित्तेलेखन, पोल र भित्तामा टाँसिएका पर्चा पम्प्लेट, व्यानरलगायत सहरलाई कुरुप बनाउने सबै सामाग्री हटाउँदैछौं ।

प्रचार सामाग्रीसँगै अव्यवस्थित रुपमा राखिएका टेलिफोन, केवल तथा इन्टरनेट सेवा प्रदायकका तार हटाउन सार्वजनिक सूचना जारी गर्ने सरकारी निर्णय लगत्तै पहिलो चरणमा बोर्डहटाउन शुरु गरेको हो । कामपाले सम्बन्धीत निकायले तार नहटाए आफै हटाउने तयारी गरेको छ । सर्वोच्च अदालतलेसमेत शहरी सौन्दर्यतालाई कुरुप पारेको भन्दै होडिङबोर्ड हटाउन निर्देशन दिएको थियो । कामपाका मेयर विद्यासुन्दर शाक्यले राजधानीको सडक रठुला घरमा राखिएका होडिङबोर्ड हटाउने कामको शुरुवात भएकोबताउनुभयो । उहाले भन्नुभयो–नेपाल भ्रमणमा राजधानीलाई सुन्दरबनाउने अभियान अन्तर्गत होडिङबोर्ड हटाउन थालेको जानकारी दिनुभयो । नगर प्रहरीको कम जनशक्ति भएको र आवश्यक साधनको कमी भएकोले होडिङबोर्ड हटाउन केही समय लाग्ने नगरप्रहरी प्रमुख सापकोटाले बताउनुभयो ।