त्रिविको रजिष्ट्रारमा प्रा.डा. दाहाल

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक डा.पेशल दाहाल नियुक्त हुनुभएको छ ।

उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उहालाई नियुक्ति गर्नुभएको हो । उपकुलपति प्राडा बास्कोटाले तीन जना सिफारिस गर्नुभएको थियो । त्यसमध्य पहिलो नम्बरमा रहनुभएका प्राडा दाहाललाई रजिष्ट्रारमा नियुक्ति गर्नुभ्एको हो । बिहीबारनै नियुक्त हुनुभएका प्राडा दाहालले आज दिउसो ३ बजे पदबहाली गर्नुभएको हो । त्रिवि सेवा आयोगको पुर्व सदस्य दाहाल नेकपाका हुनुहन्छ । सदस्य भइसकेका छन् ।

उपकुलपति बास्कोटाले दाहाल सहित व्यवस्थापन सङकायका डिन डिल्लीराज शर्मा र त्रिविकै उच्च शिक्षा परियोजनाका पूर्वसंयोजक शंकर भण्डारीको नाम सिफारिस गर्नुभएको थियो । त्रिविमा कर्मचारी प्रशासनको मुख्य जिम्मेवार व्यक्ति रजिष्ट्रार हुन्छ । रजिट्रारसँगै शिक्षाध्यक्ष सुधा त्रिपाठीको कार्यकाल पनि यही पुष ८ गते नै सकिएको छ। तर नयाँ नियुक्ति भएको छैन । नव नियुक्त दाहालले शुक्रबार ३ बजे पद वहाली गर्ने कार्यक्रम रहेको त्रिविले जनाएको छ ।

तीन दिन अघि त्रिविको रेक्टर र रजिष्ट्रारको चार वर्षे कार्यकाल पुरा भएको थियो । दुई पदाधिकारी आएपछि नया योजना तय गर्ने तयारीमा रहनुभएका उपकुलपति प्राडा बास्कोटाले सुटुक्क तीनजनाको नाम सिफारिस गर्नुएको हो । रिक्त रहेको उपकुलपतिले रेक्टर पद भने तत्कालिन माओवादीलाई दिने तयारी गर्नुभएको छ । यस अघि नियुक्ति हुनुभएका रजिष्ट्रार डिल्ली उप्रेति तत्कालिन एमाले र रेक्टर प्राडा सुधा त्रिपाठी माओवादी कोटाबाट नियुक्ति हुनुभएको थियो ।

सोही अनुसार आन्तरिक रुपमा नेकपाकै दु्ई खेमाबाट नियुक्ति गर्ने तयारीमा उपकुलपति रहनुभएको छ । कुलपति एवं प्रधानमन्त्री ओलीले बिहीबारनै एक नम्बरमा रिफारिस हुनुभएको प्राडा दाहालको नाम अनुमोदन गरिरक्नुभएको बुझिएको छ ।