इन्द्रसरोवरमा सुमो दुर्घटना, तीन जनाको मृत्यु, ५ घाइते

0
Shares

न्युन अफ नेपाल, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३ मा शुक्रबार दिउँसो सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ ।

पाँच जना घाइते भएका छन् । हेटौंडा–काठमाडांै छोटो दुरीको मार्गअन्तर्गत् काठमाडौंबाट चन्द्रपुर आउँदै गरेको ना. १ ज ३४३३ नम्बर सुमो इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३ ओखलडाँडा सडकबाट तल खस्दा तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाको थप विवरणका लागि प्रहरी घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ । घटनामा मृत्यु भएकाको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।