बलात्कारीलाई ढाकछोप गर्ने सचिव पक्राउ

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

गत कात्तिक ५ गते बेलुका करिब ७ः३० बजे बाराको पचरौता नगरपालिका–४ स्थित सडकमा कलैया ३३–च–५७ (परिवर्तित नाम) लाई वडा–५ बस्ने वर्ष १८ का सोहन भनिने जितेन्द्र महतो नुनियाले बाटो छेकी नजिकको बगैँचामा लगेर जबर्जस्ती करणी गरी फरार भए ।

खोजतलासका क्रममा मंसिर ५ गते उनलाई पक्राउ गरियो । उनी बारा जिल्ला अदालतको पुस १ गतेको आदेशले हाल मुद्धा पुर्पक्षका सिलसिलामा कारागार कार्यालय बीरगञ्ज थुनामा छन् ।

उक्त घटनामा अभियुक्तलाई फाइदा तथा पीडितलाई हानिनोक्सानी पुर्‍याउने नियतले पचरौता नगरपालिका वडा–४ र ५ का वडा सचिव प्रभु पण्डितले २०५८ सालमा जन्म भएका अभियुक्तलाई २०६० सालमा जन्म भएको भनी कीर्ते कागज तयार गरे ।

पचरौता नगरपालिका वडा–५ को कार्यालय बारा तथा पीडितसमेतबाट उजुरी प्राप्त भएपश्चात् लिखतसम्बन्धि कसुरमा मुद्धा दर्ता गरी वडा सचिवलाई पुस ९ गते पक्राउ गरियो । बारा जिल्ला अदालतबाट पहिलो पटक पाँच दिन म्याद अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।